काठमाडौं । विवेकशील नेपाली दलले रोल्पाको सदरमुकाम लिवाङमा नीति सम्मेलन गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनमा १ सय ९६ जना पार्टी सदस्य उपस्थित थिए । २ सय ५० जनाले अनलाइनबाट सहभागिता जनाएका थिए ।
सम्मेलनले विवेकशील नेपालीको संघीय (केन्द्रीय) समितिका अध्यक्ष र उपाध्यक्षमध्ये एक, महासचिव र कोषाध्यक्षमध्ये एक र दुई सचिव मध्ये एकसहित ६ प्रमुख पदमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने नियम बनाएको छ । समावेशी सुनिश्चित गरिएको छ । केन्द्रीय समितिमा ९९ जना रहनेछन् । पदाधिकारीसहित ७४ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।
विवेकशील नेपालीले राष्ट्रिय सम्मेलन कात्तिक १ र २ गते जनकपुरमा गर्ने जनाएको छ । शपथ ग्रहण लुम्बिनीमा गर्ने जनाएको छ ।