काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।
इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन योगदान गरे । उनी म्यान अफ द म्याच भए ।
यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए । ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले १०२ र बिराट कोहलीले ६६ रन योगदान गरे ।
इंग्ल्याण्डलाई विश्वकपमा सन् १९९२ पछि भारतविरुद्ध पहिलो जित मिलेको हो । जारी विश्वकपमा भारतको भने यो पहिलो हार हो । अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्नेछ । भारतको आगामी प्रतिस्पर्धा भने २ जुलाईमा बंगलादेशविरुद्ध छ ।