‘पार्टीको घोषित नीति जनताको जनवाद’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने प्रष्ट पार्नुभएको छ ।

आइतबार एक कार्यक्रममा बोल्दै नेता रावलले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएकाले यही कुरा शीर्ष नेताहरुबीच सहमति भएको हो । रावलले भन्नुभयो, ‘कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’

‘हाम्रो पार्टीको विधानमै प्रष्ट रुपमा पार्टी नीतिबारे लेखिएको छ । हाम्रो पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो । घोषित नीति भनेको जनताको जनवाद हो । सबै नेता विधानअनुसार चल्नुपर्छ ।’ रावलले भन्नुभयो ‘सहमतिको विपरितको गईयो भने राजनीतिक अस्थिरता आउन सक्छ ।’

पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नु पर्ने, यसबाट कोही पनि विचलित हुनु नहुने र कसैलाई पार्टीको नीति मन नपरे केन्द्रीय समितिमा राख्नुपर्ने रावलको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार