
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरको छ । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र प्रहरीले नै ‘लिक’ गरेको थियो । उनीहरूलाई गत चैतमै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । अदालतले जवानद्वयलाई थुनामा राख्ने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अख्तियारले फेरि छानबिन गरी उनीहरूमाथि मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुने अन्यमा मनोजकुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, श्रवण यादव र इन्द्र यादव छन् । अन्य चारजनाविरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ । उनीहरू १६ वर्षभन्दा कम उमेरका भएकाले नाम नखुलाइएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।