काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट सोमबार राती ह्याक भएको छ। पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएको छ ।
अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो । अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो। अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो। लेखिएको थियो, – ‘एक्टर । हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन्।’
अमिताभ ट्वीटरमा खास सक्रिय हुन्छन् र उनको ३ करोड ७४ लाख फलोअर्स छन् ।अहिले ट्वीटर एकाउन्टलाई रिकभर गरिएको छ र ट्वीट डिलिट गरिएको छ । अमिताभको ट्वीटर अकाउन्ट ह्याक भएपछि मुम्बई प्रहरीका जनसम्पर्क अधिकारीले साइबर युनिट र महाराष्ट्रको साइबर टिमलाई यसबारेमा जानकारी गराएका थिए।