काठमाडौं । चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर निकै तामझामका साथ २ साताअघि पुनः सञ्चालन भयो । ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको दिन चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।
जेठ २७ गतेबाट सञ्चालन गर्ने सहमति भएतापनि २ दिनअघि नै नाका सञ्चालनमा आयो । गत२०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । १२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछिका दिनमा अहिले बन्द जस्तै भएको छ ।
सञ्चालनमा आएको २ साता बित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरु गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आए ।, कारोबार दैनिकले समाचार छापेको छ ।