होटलका बाउन्सरले ग्राहक कुटे

काठमाडौं ।  बाराको सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् ।

घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइते मध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ ।

अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए ।
अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिइ कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतालमा केहीबेर तनाव भएको थियो ।

घाइतेलाई पक्राउ गर्न पुगेका २० बढी प्रहरी स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि फर्किएका थिए । ग्राहकलाई मरणासन्न हुनेगरि कुट्ने बाउन्सर र कर्मचारीलाई कारवाही गर्न माग गर्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार