Logo

आकस्मीक अवतरण गरियाे हेलिकोप्टर



कखरा संवाददाता


सिन्धुली । मौसमको खराबीका कारण सिम्रीक यअरलाइन्सको हेलिकोप्टर शनिबार साँझ सिन्धुलीमा आकस्मीक अवतरण गरिएको छ ।

सोलुबाट काठमाडौं उडेको हेलिकोप्टर सिन्धुलीमा अवतरण भएको हो । मौसम अझै सुधार नहुँदा हेलिकोप्टर काठमाडौं जान सकेको छैन । हेलिकोप्टर सिन्धुली अस्पताल अगाडिको खम्बे चउरमा राखिएको छ ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षामा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी  लोकदर्शन थापाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्