काठमाडौं । वर्षाले खेल हुन नसकेपछि विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् ।
ब्रिस्टोलमा खेल सुरु हुनु अघि नै वर्षा भएको थियो । दुबै टिमका सदस्यहरु खेल सुरु हुनु पर्ने समय कटेको केही घन्टासम्म पनि मैदानमै बसेका थिए ।
तर पानी नरोकिएपछि एक बल पनि नखेलेर खेल रद्द भयो । विश्वकपमा पानीले खेल नभएर दुबै टिमले अंक बाँडेको यो तेस्रो पटक हो ।
शनिबार इंग्ल्याण्डले बंगलादेश र अफगानिस्तानले न्यूजिल्याण्डसँग खेल्नेछ ।