विद्यानन्द राम
राजविराज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका सप्तरी जिल्ला तीन नम्वर कमाण्डको एरिया इन्चार्ज तेजनारायण यादव ‘रञ्जित’ ले राजिनामा दिनुभएको छ ।
पार्टीको ध्वंशात्मक गतिविधिले मुलुकको समृद्धि र विकासमा बाधा पु¥याइरहेको ठहर गर्दै पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिनु भएको छ । वार्ता र सम्वादबाट सबै समस्या हल गर्ने सरकारी नीतिलाई स्वगतयोग्य रहेकोले यादवले पार्टीलाई पनि शान्ति प्रक्रियामा आउन आग्रह समेत गर्नुभयो ।
जनतासमाचार डटकमसँग कुरा गर्दै यादवले अब उप्रान्त शिक्षण पेशामा लागेर स्वतन्त्र नेपाली नागरिकको रुपमा जीवीकोपार्जन गर्ने बताउनुभयो । छिन्नमस्ता गाउँपालिका वडा नम्वर–१ निवासी यादव २०७३ सालदेखि पार्टीमा आवद्ध भई काम गर्दै आउनुभएको थियो ।