प्रचण्ड-इरानी राजदूत भेटवार्ता

ललितपुर । नेपालका लागि इरानी राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रचण्ड निवास खुमलटारमा बुधबार भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकासका बारेमा छलफल भएको थियो ।

नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मुलुकको आर्थिक समृद्धिमा रहेको बताउनुभयो ।

‘हामी नेपालमा वैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन चाहन्छौं’, प्रचण्डले भन्नुभयाे, ‘नेपाल प्राकृतिक रुपमा धेरै सुन्दर देश भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना छ ।’ राजनीतिक स्थिरता पश्चात आर्थिक समृद्धिको चरणमा रहेको नेपालका लागि कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको प्रचण्डकाे भनाइ थियाे ।

इरानी राजदूत डा. अलिले नेपालमा काम गर्नका लागि आफूहरुसँग राम्रो क्षमता भएको बताउनुभयो । चिकित्सा शिक्षा, कृषि, खानी लगायतका क्षेत्रमा आफूहरु काम गर्न इच्छुक रहेको इरानी राजदूतकाे भनाइ थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार