यी ठाउँमा आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । देशको केही स्थानमा सोमबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशैभरि आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि मुलुकभर सामान्य बादल लाग्ने स्थिति देखिएको छ । पश्चिमी, मध्ये तथा पूर्वीभेगको केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने संभावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार