काठमाडौं । आज जेठ १९ गते, नेपाली इतिहासमा तत्कालीन राजा वीरेन्द्र शाहकोे बंश नै विनाश हुनेगरी भएको दरबार हत्या काण्डको भएको दिन ।
दरबार हत्याकाण्ड भएको १८ वर्ष भएको छ । हत्याकाण्डको रहस्य भने अझै खुल्न सकेको छैन । २०५८ साल जेठ १९ गते शुक्रबार राति ९ बजेर १५ मिनेट जाँदा नारायणहिटी दरबारमा हत्याकाण्ड भएको हो ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित ११ जनाको मृत्यु भएको थियो । हत्याकाण्ड लगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा ज्यान गुमाएका युवराज दीपेन्द्रलाई दोषी ठह¥याएको थियो ।
राजदरबार हत्या काण्डपछि सत्ता हत्याएका तात्कालिन राजा ज्ञानेन्द्र शाहलाई २०६२÷०६३ को जनआन्दोलनले घुँडा टेकाउँदै नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थपना भएको छ ।
हत्याकाण्डबारे विभिन्न समयमा चर्चाहरु हुने गरेको भए पनि सार्थक छानबिन हुन सकेको छैन ।