प्रहरीको बिटमै मासु पसल

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–८ रानीतलाउ नजिक सब्जीमण्डीको प्रहरी बिटमा रिजवान कुरैसीले सञ्चालन गरेको मासु पसल ।

उनले त्यहाँ वर्षौदेखि मासु पसल चलाइरहे पनि जिल्ला संयुक्त बजार अनुगमन समितिले अनुगमनका क्रममा शुक्रबार मात्र भेटेको हो । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेका प्रहरी प्रमुख अरुण पौडेलका अनुसार जिल्लामा निर्माण गरिएका १५–२० बिट प्रयोगविहीन अवस्थामा छन् । कुरैसीमाथि कानुनबमोजिम कारबाही हुने पौडेलले बताएका छन् ।, समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार