
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्टइंडिजले पाकिस्तानमाथि सहज जित निकालेको छ । १ सय ६ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गर्यो ।
१३ ओभर चार बलमा तीन विकेट गुमाउएर वेष्ट इन्डिजले लक्ष्य पुरा गर्यो । उसको जीतमा क्रिस गेलले ५० तथा होपले ११ रन बनाउँदा निकोलस पुरनले अविजीत २८ रनको पारी खेले । बलिङतर्फ पाकिस्तानका मोहम्मद आमिर एक्लैले तीन विकेट हात पारे ।
त्यसअघि ट्रेन्ट ब्रिज मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २१ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
पाकिस्तानका लागि बाबर आजम र फकर जमानले समान २२ रन बनाए । यस्तै वाहब रिहजले १८, मोहम्मद हफिजले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।
बलिङतर्फ वेस्टइंडिजका सेल्डन कोट्रेलले आसेन थोमसले सर्वाधिक चार विकेट लिए । यस्तै जसन होल्डरले तीन, आन्द्रे रसलले दुई र सेल्डन कोट्रेलले एक विकेट लिए ।