देशका यी स्थानमा भारी बर्षा

काठमाडौं । आज देशभरको मौसम बदली भई पूर्व र पश्चिमका एक–दुई स्थानमा दिउँसोपख भारी बर्षाको सम्भावना छ ।

भारी बर्षासँगै यी स्थानहरुमा खोलानाला र पानीको सहत बढ्न सक्ने भएकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाकी मौसमविद् विभूती पोखरेलले पश्चिममा बिहानैदेखि पानी पर्न सुरु गरेको बताउनुभयो । आज पश्चिम तराईमा पनि पानी पर्नेछ । त्यस्तै बिहानैदेखि मौसम बदली भएको काठमाडौँ उपत्यकामा पनि आज दिउँसो पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २७ देखि २९ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार