काठमाडौं । शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद सल्टिएको हो ।
प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।
योसँगै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने छन् । गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो । विवादका बीच जातीलक्षित टिप्पणी हुनथालेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको थियो ।