
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मुलुकको विभिन्न ठाउँमा बम तथा बिस्फोटक पदार्थ राखेर जनजीवन त्रसित बनाएका छन् ।
विप्लवका कार्यकर्ताले बन्द सफल पार्न विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु राखेका छन् । मंगलबार बिहानसम्म ३ ठाउँमा बम भेटिएको छ । भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारिसकेको छ । त्यस्तै ३० स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
दुई जना पक्राउ
बिहानसम्म बन्द सफल पार्न जनजीवन त्रसित बनाउने कार्यमा सक्रिय विप्लवका २ जना कार्यकर्ता पक्राउ परेका छन् , प्रहरी प्रवक्ता विश्वराज पोखरेलले काठमाडौंबाट १ र पोखराबाट १ जना पक्राउ गरिएको जानकारी दिनुभयो ।
बर्दियामा कुकर बम
बर्दियामा २ वटा कुकर बम भेटिएको छ ।
बाग्लुङ र अर्घाखाँचीको छत्रदेवमा शंकास्पद वस्तु
बागलुङ नगरपालिकाको वडा नम्बर २ स्थित श्री नगरटोलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको वडा कार्यालयमै शंकास्पद वस्तु भेटिएको छ । वडा नम्बर ५ र ७ को कार्यालयमा शकास्पद वस्तु फेला परेको हो । त्यसैगरी मालारानी गाँउपालिका वडा न १ को वडा कार्यालयमा पनि शकास्पद वस्तु फेला परेको छ ।