अछाम । जिल्लाका २ वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको वडा नम्बर -३ र ढकारी गाउँपालिकाको -५ नम्बर वडामा आगजनी गरिएको छ ।
पन्चदेवल विनायक नगरपालिकाको वडा नम्बर -३ का अध्यक्ष सुरेन्द्र बहादुर शाहीका अनुसार आगजनीबाट वडा सचिवको कार्यकक्षका सम्पूर्ण सामग्री नष्ट भएका छन् । कार्यालयका कम्युटर, ल्यापटप, कुर्ची, टेबुल, फोटोकपी मेसीन र डेक्सटप जलेर नष्ट भएको शाहीले जानकारी दिए ।
बन्दको आह्वान गरेको विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।