काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा रोजगार अधिकृत पक्राउ परेका छन् ।
जिल्लाको गैडहवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । गाउँकै दुई महिलामाथि बलात्कारमा संलग्न अन्य दुई आरोपी भने फरार छन् ।
ज्ञवालीविरुद्ध असार २ गते जबरजस्ती करणी गरेको मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक शंकर पोखरेलले जानकारी दिए । स्थानीय २ युवतीसँग रेष्टुरेण्टमा खाजा खाएर क्रममा साँझ घर फर्किने क्रममा अन्य २ यवा सहित रोजगार अधिकृत ज्ञवालीले जबरजस्ती गरेको प्रहरीले जनाएको छ । कान्तिपुरमा समाचार छ ।