
अनलाईनबाट अध्यापन अनुमति फाराम भर्ने सम्बन्धमा सामान्यतया सोधिने प्रश्न र जवाफहरु:
१. जाँच दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा
१.१ माध्यमिक तहको स्थायी लाइसेन्स प्राप्त गरेको र कक्षा ११-१२ मा पढाएका कारण अस्थायी लाइसेन्स लिएको व्यक्तिले यो परीक्षा दिनु पर्छ कि पर्दैन?
जवाफ: माध्यमिक तहको स्थायी लाइसेन्स हुनेले फेरि परीक्षा दिइरहनु पर्दैन ।
१.२ साविक उच्च माविमा अध्यापनरत सबैले आवेदन गर्न पाउने कि नपाउने ?
जवाफ: आयोगद्वारा अस्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेकाले मात्र तोकिएको विज्ञापनमा उम्मेदवार हुन पाउनेछ ।
२. फाराम भर्ने तरिका सम्बन्धमा
२.१ आवेदन फाराम कसरी भर्ने ?
जवाफ: फाराम भर्नु अघि आयोगको वेवसाइटमा रहेको Under Guide राम्रोसँग अध्ययन गरी सो को अनुशरण गरी भर्ने ।
२.२ फाराम भर्दा नेपाली फन्टमा समस्या आयो के गर्ने?
जवाफ: युनिकोडका फन्टहरु प्रयोग गर्नुहोला २.३ फाराम भर्दा पछि सच्याउन मिल्छ? जवाफ: फाराम भर्दा यकीन गरेर मात्र भर्नु होला; सबमिट गरेर फेरि सच्याउन पाइने छैन ।
३. तालिम सम्बन्धमा
३.१ शिक्षा शास्त्रबाट योग्यता हासिल गरेका वा शैक्षिक योग्यता पूरा गरेपछि एक वर्षे वि. एड. गरेकाले तालिम लिनु पर्ने कि नपर्ने ?
जवाफ: आइ. एड., वि. एड., र एम. एड. उत्तीर्ण गरेको व्यक्तिको हकमा सम्बन्धित तहको तालिम हासिल गरेको मानिनेछ ।
३.२ कस्तो दश महिने तालिमले मान्यता पाउने हो?
जवाफ: साविकको शैक्षिक जनशक्ति विकास केन्द्रबाट अनुमति लिइ मान्यता प्राप्त संस्थाबाट दिइएको शिक्षा विषयको १० महिने तालिम लिएको मानिनेछ ।
४. विविध विषयमा
४.१ कुनै तहमा स्थायी अध्यापन अनुमति पत्र लिएका व्यक्तिले विषयगत अध्यापन लिनु पर्ने कि नपर्ने ?
जवाफ: कुनै तहमा स्थायी अध्यापन अनुमति पत्र लिइसकेका व्यक्तिले पुनः त्यही तहको अध्यापन अनुमति पत्र लिनु अनिवार्य छैन।