
काठमाडौं । विभिन्न कार्ड प्रयोगगरी एटीएमबाट बीस लाख निकालेको आरोपमा एक जनाका प्रकाउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो ।
ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।