सुरुङभित्र थुनिएका मजदुरहरुको शकुशल उद्धार

नुवाकोट । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका १७ मजदुरको सकुशल उद्धार गरिएको छ । हिजो बेलुकी साढे ८ बजे निर्माणस्थलमा पहिरो खस्दा सुरुङको एक सय मिटरभित्र मजदुरहरु थुनिएका थिए ।

उनीहरुको आज बिहान ७ बजे सकुशल उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सुरुङ भित्र अक्सिजन प्रवाह भइरहेकाले मजदुरहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्वास्थ्यकर्मीहरुलाई उद्यृत गर्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । बिहान उद्धार गर्नासाथ मजदुरहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर थिए । सुरुङ निर्माणस्थलमा पहिरो जानेक्रम पनि चलिरहेकाले आयोजना निर्माणको काम अहिले रोकिएको छ । माथिबाट ढुंगाहरु खसिरहेकाले काम रोकिएको र ढुंगा खस्न छाडेपछि काम सुरु हुने आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार