भारतमा बस दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा यात्रुबस दुर्घटना हुँदा ४० को मृत्यु भएको छ ।

कुल्लुबाट गाडागुशैणी जाँदै गरेको बस भीरबाट ५ सय फिट तल नदीमा झर्दा दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बसमा ६५ भन्दमा बढी यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

नदीको बहाव बढेका कारण उद्धारमा कठिनाई भइरहेको भएपनि १८ महिला, १० पुरुष तथा ७ जना बालबालिकाको उद्दार गरी नजिकैको अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार