
काठमाडाैं । नेपालमा १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वबाट प्रवेश गरी क्रमशः मध्य हुँदै मनसुन पश्चिमतर्फ विस्तार भइरहेको छ ।
सामान्यतया नेपालमा १० जुनमा मनसुन प्रवेश गर्छ । यो वर्ष प्रदेश १,२,३, र ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा हुने र बाँकी प्रदेशका भूभागमा औषत वर्षा हुने अनुमान छ ।
यसैगरी शुक्रबार देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिक बदली हुनेछ । मौसम विज्ञान विभागका अनुसार पूर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति, देशको पूर्वी तथा मध्य भूभागमा समान्यतया बदली रहने र पूर्वका धेरैजसो स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।