
काठमाडौं । सामाजिक सञ्जालमा कसैको अपमान गरेमा ५० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद हुनेगरी कानुन ल्याउन प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विधेयकमाथि छलफल गरी प्रतिवेदन दिन गठन भएको उपसमितिले यो व्यवस्था राखेको हो । उपसमितिको सो प्रतिवेदन समितिले केही दिनभित्रै पारित गर्ने तयारी गरेको छ ।
विधेयकको दफा ८३ मा रहेको साइबर बुलिङ गर्न नहुने दफामा रहेको व्यवस्थामा सजाय गर्ने कुरालाई निरन्तरता दिएको हो । प्रस्तावित विधेयकले दफा ८३ को व्यवस्थाअनुसार कसैले विद्युतीय प्रणाली प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तर हैरानी गर्ने, जिस्काउने, होच्च्याउने जस्ता कार्य गर्नु गराउनु हुँदैन भन्ने व्यवस्था छ ।, खबर नागरिक दैनिकले छापेको छ ।