काठमाडौं । गत साता हराएका दुई बालिका प्रहरीले फेला पारेको छ । दुवैलाई बिहेको आश देखाई बलात्कार गरिएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।
महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार जेठ ३२ गते घरबाट हराएकी १४ वर्षीया महालक्ष्मी सानागाउँमा बस्ने बालिका १९ वर्षीया विरेन्द्र कोलीको कोठामा भेटिएकी हुन् । कोली डडेलधुराको भागेश्वरका हुन् ।
विवाह गर्ने भनेर प्रलोभनमा पारेर परिवारमा जानकारी नदिई उनी घरबाट निस्किएकी थिइन । उनलाई असार ३ गते फेला पारेको र कोलीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अर्को घटनाकी १३ वर्षीया पनि महालक्ष्मीको बोझेपोखरीस्थित घरको सटरमा फेला परेकी छन् । उनलाई मकवानपुर (१ का विभुलाल जोशीले लुकाएर राखेको प्रहरीले जानकारी दिएको छ ।
संरक्षण गृहमा बस्दै आएकी ति बालिकाले आफुलाई जोशीले सटरभित्र राखेर जबरजस्ती करणी गर्दे आएको बयान दिएकी छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।