
काठमाडौं । देशका केही स्थानमा बिहीबार भारी वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ ।
यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहनेछ ।
केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।