सात सय विद्यालय बन्द

काठमाडौं । सर्लाहीमा गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको छ । आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालय एवं संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

लगत्तै सोमबारबाट जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए । मंगलबारसम्म आइपुग्दा सर्लाहीका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।

जसअनुसार चार सय ६३ सामुदायिक र दुई सय ५० भन्दा बढी संस्थागत विद्यालमा पठनपाठन बन्द भएको छ । अधिकतर स्थानीय तहले असार ६ गते शुक्रबारसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।, समाचार नागरिक दैनिकले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार