टी–२० विश्वकपका लागि खेलाडी छनोट, काे–काे परे ?

काठमाडौं । जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्पकप एसियाली देशको छनोट खेलका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको छनोट गरिएको छ ।

प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बिहिबारदेखि बन्द प्रशिक्षणमा राखिनेछ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुबेतले प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । एसियाबाट यूएई आयोजक देशको हैसियतमा स्वतः छनोट भइसकेको छ । नेपालले कतारसँग २३ जुलाईमा पहिलो, २४ जुलाईमा मलेसियासँग दोस्रो, २७ जुलाईमा कुवेतसँग तेस्रो र २८ जुलाईमा सिंगापुरसँग चौथो खेल खेल्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको प्रारम्भिक टोलीमा ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार