पाँचथर । जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ वजेको अवस्थामा सिते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताउनुभयो ।
वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।