काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि २ नयाँ कोचको इन्ट्री भएको छ ।
पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभया बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको हो । अब राजु लामा, आस्थाको साथमा गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको मुल्यांकन गर्नेछन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’को आयोजकले यो जानकारी दिएको हो ।
शो साउनको पहिलो साताबाट हिमालय एचडीमा प्रशारण हुनेछ । साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण हुने भएको छ ।