डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने जेल चलान

काठमाडौं । डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुपक्र्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुपक्र्षका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो ।

झापा बिर्तामोड नगरपालिका–५ मा बस्दै आएका गुरुङलाई महानगरीय प्रहरी अपराध अनुसान्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेको र त्यसलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार