क्याप्टेन लामाकाे जापान यात्रा, फेसबुक स्टाटसले रोकियाे

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन् । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन् ।

आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट विजय लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

निगमका एक उच्च अधिकारका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । साता लामो कार्यक्रमका लागि लामाबाहेक दुईजना भने सोमबारै थाई एयरको उडानबाट बैंकक हुँदै जापान गइसकेका छन् । पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेको थिए ।, कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

यस्तो थियाे लामाकाे फेसबुक स्टाटस

https://www.facebook.com/captainvijay/photos/a.185860231618317/1069369649934033/?type=3&theater

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार