जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सरकारले संसद्मा दर्ता गरेको गुठी विधेयक फिर्ता नलिए सम्हाल्न नसक्ने आन्दोलन हुने चेतावनी दिनुभएको छ । विधेयक फिर्ता नलिए आफूहरु कडा आन्दोलनमा जाने उहाँको चेतावनी छ ।
शुक्रबार जानकी मन्दिरमा पत्रकार सम्मेलन गर्दै जानकी मन्दिरका साधुमहन्थहरुले शुरुमा समिति बनाएर शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । त्यसपछि पनि माग पूरा नभए कडा आन्दोलनमा जाने बताएका छन् ।
सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकले साधुसन्तलाई देशबाट भगाउने उद्देश्यले आएको अरोप लगाउँदै उहाँले साधुसन्तलाई देशमा बस्ने अधिकार छैन भने लेखेर दिन चुनौती दिनुभयो । अहिलेकै विधेयक पारित भए जनकपुरका अधिकांश मन्दिर र मूर्तिको संरक्षण हुन नसक्ने उहाँले बताउनुभयो ।
सरकारले ल्याउन लागेको गुठी विधेयकमा साधु सन्तहरुको अस्तित्वलाई समाप्त गर्दै हिन्दु धर्मको नास गर्ने अभिप्रायले ल्याएको उनीहरुको आरोप छ । गुठी विधेयकमा सरकारलेसाधु महात्मालाई कुनै स्थान नदिएको नराखेको उनीहरुले आरोप लगाए ।