करारमा कर्मचारी नियुक्ति गर्नुहुँदैन : नेता पाैडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताउनुभएको छ ।

विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकोले सबैले अदालतको निर्णय मान्नु पर्ने बताउनुभयो । उहाँले निष्पक्ष र स्वतन्त्र ढंगले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनु पर्ने बताउनुभयो ।

उहाँले राज्य व्यवस्था तथा सुशासन समितिले दिएको करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय गलत भएको बताउनु भयो । एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफुले पहिले देखि नै आग्रह गरिरहेको जानकारी दिनुभयो ।

उहाँले महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पार्नुभयो । भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको सम्बन्धमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफैं गर्न सक्ने भएकाले विदेशमन्त्री नियुक्तिले खासै असर नगर्ने धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार