नयाँदिल्ली । भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ।
उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकको शव झांसीमा बसबाट उतारिएको छ ।
आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।
६८ जना सवार बसमा अत्याधिक गर्मी र सास लिन गाह्रो भएपछि मृत्यु भएको भारतीय टेलिभिजन आजतकले लेखेको छ ।
भारतमा अहिले अत्याधिक गर्मी छ । त्यहाँको मौसम विज्ञान विभागका अनुसार केही शहरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ ।