गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीका जिल्ला सदस्यहरुले सपथ लिएका छन् ।
जिल्ला कमीटीले पूर्णता पाएपछि आइतबार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले सपथ ग्रहण गराएका थिए ।
गुल्मीमा जिल्ला कमिटीमा अध्यक्ष मधुकृष्ण पन्त र सचिव वीरबहादुर कार्की सहित १ सय ४५ जना जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएका हुन् । गुल्मी जिल्ला कमिटीमा पूर्व एमालेबाट अध्यक्ष सहित ८८ जना र पूर्व माओवादीबाट सचिव सहित ५७ जना जिल्ला कमिटीमा मनोनित भएका छन् ।
सपथ ग्रहणपछि नेता ज्ञवालीले पार्टी काममा दत्तचित भएर लाग्न जिल्ला नेताहरुलाई निर्देशन दिए । उनले सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्दै अबको समृद्घि कृषि उत्पादनसँग जोडिनुपर्ने बताए ।