[tdb_mobile_menu inline="yes" menu_id="12" icon_color="#0d0b52" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tbGVmdCI6Ii0xNiIsImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9"]
[tdb_header_logo align_vert="content-vert-center" show_title="eyJwaG9uZSI6Im5vbmUifQ==" tagline_align_horiz="content-horiz-center" image_pos="" tagline_pos="eyJwaG9uZSI6IiJ9" align_horiz="content-horiz-center" media_size_image_height="83" media_size_image_width="250" image_retina="98" image="98" display="eyJwaG9uZSI6ImNvbHVtbiJ9" inline="yes" f_tagline_font_size="eyJwaG9uZSI6IjE0In0=" f_tagline_font_family="eyJwaG9uZSI6IjczMSJ9" f_tagline_font_weight="eyJwaG9uZSI6IjYwMCJ9" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="eyJwaG9uZSI6IjEuMyJ9" f_tagline_font_spacing="eyJwaG9uZSI6IjAifQ==" show_tagline="eyJwb3J0cmFpdCI6Im5vbmUiLCJwaG9uZSI6Im5vbmUiLCJsYW5kc2NhcGUiOiJub25lIiwiYWxsIjoibm9uZSJ9"]
[tdb_mobile_search inline="yes" icon_color="#0d0b52" float_right="yes" tdc_css="eyJwaG9uZSI6eyJtYXJnaW4tcmlnaHQiOiItMTgiLCJkaXNwbGF5IjoiIn0sInBob25lX21heF93aWR0aCI6NzY3fQ=="]
[tdb_header_logo align_vert="content-vert-center" f_text_font_family="731" f_text_font_weight="700" tagline_align_horiz="content-horiz-center" f_text_font_size="eyJhbGwiOiI1MCIsImxhbmRzY2FwZSI6IjQwIiwicG9ydHJhaXQiOiIzMiJ9" align_horiz="content-horiz-center" f_tagline_font_family="731" f_tagline_font_size="17" media_size_image_height="400" media_size_image_width="400" text_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_text_font_line_height="1.4" f_tagline_font_weight="700" show_title="none" icon_pos="" show_icon="none" image_pos="between" tagline_color="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMDI1ODg5IiwiY29sb3IyIjoiIzAyNTg4OSIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzAyNTg4OTsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMwMjU4ODksIzAyNTg4OSJ9" f_tagline_font_line_height="1.3" image_width="350" tdc_css="eyJhbGwiOnsibWFyZ2luLXRvcCI6IjUiLCJkaXNwbGF5IjoiIn19" show_tagline="none"]
[tdb_mobile_search inline="yes"]
[tdb_header_menu main_sub_tdicon="td-icon-down" sub_tdicon="td-icon-right-arrow" mm_align_horiz="content-horiz-center" modules_on_row_regular="20%" modules_on_row_cats="20%" image_size="td_324x400" modules_category="above" show_excerpt="none" show_com="none" show_date="none" show_author="none" mm_sub_align_horiz="content-horiz-right" mm_elem_align_horiz="content-horiz-right" align_horiz="content-horiz-center" menu_id="12" f_elem_font_family="731" f_elem_font_weight="700" f_elem_font_size="eyJhbGwiOiIyMCIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMyJ9" tds_menu_active1-text_color_h="#ffffff" tds_menu_active="tds_menu_active2" tds_menu_active2-border_style="" f_elem_font_transform="none" tds_menu_active1-line_color="" tds_menu_active1-line_height="0" mm_width="1200" mm_subcats_bg="#ffffff" f_mm_sub_font_family="731" f_mm_sub_font_weight="400" f_mm_sub_font_line_height="1.1" mm_elem_border="0" mm_elem_border_a="0" mm_elem_bg="#f7f7f7" mm_elem_bg_a="eyJ0eXBlIjoiZ3JhZGllbnQiLCJjb2xvcjEiOiIjMTYyZWI3IiwiY29sb3IyIjoiIzE2MmViNyIsIm1peGVkQ29sb3JzIjpbXSwiZGVncmVlIjoiLTkwIiwiY3NzIjoiYmFja2dyb3VuZC1jb2xvcjogIzE2MmViNzsiLCJjc3NQYXJhbXMiOiIwZGVnLCMxNjJlYjcsIzE2MmViNyJ9" f_mm_sub_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMSJ9" mm_elem_padd="5px 10px" mm_elem_space="10" mm_padd="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" modules_gap="eyJhbGwiOiIyMCIsInBvcnRyYWl0IjoiMTAifQ==" all_modules_space="0" mm_sub_padd="eyJhbGwiOiIyMHB4IDEwcHgiLCJwb3J0cmFpdCI6IjEwcHgifQ==" image_height="60" modules_category_margin="3px 0 6px 0" f_title_font_family="731" f_title_font_weight="400" f_title_font_size="eyJhbGwiOiIxNSIsImxhbmRzY2FwZSI6IjEzIiwicG9ydHJhaXQiOiIxMSJ9" f_title_font_line_height="1.2" mm_subcats_posts_limit="5" cat_bg="#0d0b52" mm_shadow_shadow_size="0" mm_shadow_shadow_offset_vertical="0" mm_child_cats="10" mm_sub_width="eyJhbGwiOiIxNjAiLCJwb3J0cmFpdCI6IjEzMCJ9" mm_elem_color="#000000" mm_elem_color_a="#ffffff" sub_shadow_shadow_size="0" sub_border_size="2" f_sub_elem_font_family="731" f_sub_elem_font_weight="400" f_sub_elem_font_size="eyJhbGwiOiIxMyIsImxhbmRzY2FwZSI6IjExIiwicG9ydHJhaXQiOiIxMCJ9" tds_menu_sub_active1-sub_text_color_h="#157774" sub_rest_top="-16" sub_border_color="#dddddd" f_sub_elem_font_line_height="1.2" tds_menu_sub_active1-sub_elem_bg_color_h="#025889" main_sub_icon_align="0" video_icon="30" elem_padd="eyJwb3J0cmFpdCI6IjAgOHB4In0=" mm_align_screen="yes" sub_elem_padd="eyJwb3J0cmFpdCI6IjdweCAyMXB4In0=" sub_icon_pos="" sub_icon_space="10" tdc_css="eyJhbGwiOnsicGFkZGluZy10b3AiOiI1IiwicGFkZGluZy1ib3R0b20iOiI1IiwicGFkZGluZy1sZWZ0IjoiMjAiLCJiYWNrZ3JvdW5kLWNvbG9yIjoiI2ZmOTIwMCIsImRpc3BsYXkiOiIifX0=" sub_elem_bg_color="#025889" mm_bg="#025889" text_color="#ffffff" tds_menu_active3-bg_color="#ffffff" tds_menu_active2-border_radius="5" tds_menu_sub_active1-sub_color_h="#157774" sub_text_color="#157774" tds_menu_active3-text_color_h="#bdd63a" hover_opacity="50" tds_menu_active2-border_color="#ffffff" tds_menu_active2-border_size="2"]
Home राजनीति एकता सकिएपछि ‘अघि बढ्ने’ नेकपाका यस्ता छन् योजना

एकता सकिएपछि ‘अघि बढ्ने’ नेकपाका यस्ता छन् योजना

0
एकता सकिएपछि ‘अघि बढ्ने’ नेकपाका यस्ता छन् योजना

काठमाडौँ । पार्टी एकताको एक वर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न जनवर्गीय सङ्गठनको नेतृत्व तहको एकतालाई पूर्णता दियो । योसँगै नेकपामा सङ्गठनात्मक एकताको काम करिब–करिब टुङ्गिएको छ । पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम बाँकी रहे पनि नेकपाले अब पार्टीको नयाँ योजना बनाउन थालेको छ । एकतापछि नेकपाका शीर्ष नेताहरूले अब मूलतः पार्टी दुईवटा योजनामा केन्द्रित हुने सङ्केत दिएका छन् ।

नेताहरूका अनुसार अब नेकपाले सङ्गठनात्मक क्षेत्रमा तल्ला कमिटीका अधिवेशन, जनवर्गीय सङ्गठनका अधिवेशन र पार्टी सदस्यलाई सङ्गठितदेखि केन्द्रीय महाधिवेशन लक्षित कार्ययोजना बनाएको छ । यसबाहेक पार्टी कार्यकर्तालाई परिचालन गरेर जनसम्बन्ध विस्तारका लागि अभियान सुरु गर्ने नेकपाको योजना छ ।

वडादेखि जिल्लासम्म र प्रदेशदेखि जनसङ्गठनसम्मको एकतालाई पूर्णता दिएसँगै ती सङ्गठनमा रहेका नेता कार्यकर्ताले सङ्गठन र जनतासँग जोड्ने गरी परिचालन हुने योजना खोजेका छन् । उनीहरूको अपेक्षा र पार्टी एकता हुँदाको मार्गचित्रअनुसार केन्द्रीय नेतृत्वले योजना बनाउने छ । गत पुसमा सकिएको स्थायी समितिको बैठकमा पारित राजनीति प्रतिवेदनको जगमा आगामी कार्यक्रम तय गर्ने नेताहरूको योजना छ ।

विभिन्न कमिटी र पार्टीनिकट रही विभिन्न क्षेत्र र पेसामा रहेका जनसङ्गठनहरूले पार्टी र सरकारका कामबारे सम्बन्धित क्षेत्र र जनतमा सन्देश प्रवाह गर्न नपाएको भन्दै नेकपामा गुनासो रहँदै आएको थियो । पार्टीका वरिष्ठ नेताहरूले नै एकतामा ढिलाइ हुँदा लाखौँ कार्यकर्ता बेरोजगार भएको बताउँदै आएका थिए । एकताले ती कार्यकर्तालाई काम दिने बाटो खोलेको छ । अब नेकपाले नयाँ योजना बनाएको छ ।

त्यस्तै कम्युनिस्ट पार्टीको स्थापना दिवसमा जारी विज्ञप्तीमा पनि नेकपाले जनपरिचालनको विषय उठाएको थियो । विज्ञप्तीमा थियो, ‘सिङ्गो पार्टीपङ्क्ति र आम जनसमुदायलाई राष्ट्रव्यापी रूपमा परिचालित गर्न विशेष अभियान सञ्चालन गरिनेछ ।’

सङ्गठनको क्षेत्रमा कस्तो हुन्छ योजना ?

पार्टी एकताका धेरैजसो काम सकिएपछि नेकपाले विभिन्न तहका कमिटी, जनसङ्गठन र केन्द्रीय महाधिवेशनलाई कार्ययोजना बनाउँदै छ । पार्टी एकताको घोषणा गर्दा नेकपाले दुई वर्षभित्र महाधिवेशन गर्ने सहमति गरेको थियो । पार्टी एकताको एक वर्ष पूरा भइसकेको छ ।

एकताका मुख्य काम टुङ्गिएपछि पछिल्लो एक महिनायता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक महाधिवेशनको कुरा उठाएका छन् ।

एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महिनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको भन्दै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले भदौदेखि मङ्सिर महिनामा जिल्ला अधिवेशन गरी त्यसपछि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने योजना रहेको अध्यक्ष प्रचण्डले बोलिसकेका छन् ।

शनिबार सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका पुगेर स्थानीय नेता कार्यकर्तासँगको भेटघाटमा प्रचण्डले भदौ महिनाबाट जिल्ला अधिवेशन थालिने बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘एकताका बाँकी काम भोलि (आइतबार बस्ने सचिवालय बैठक) ले टुङग्याउँछ किनकि हामी करिब करिब भदौबाट जिल्ला अधिवेशनतिर जानुपर्छ भन्ने मोटामोटी सोचाइ छ, सेड्युल फिक्स नभए पनि । भदौदेखि मङ्सिरसम्म ७७ वटै जिल्लाको अधिवेशन र अन्य कमिटीको अधिवेशन सक्न पाइयो भने त्यसपछि केन्द्रीय महाधिवेशनतर्फ केन्द्रित हुने भन्ने छ ।’

त्यस्तै पार्टी एकताको एक वर्षको अवसरमा पनि अध्यक्ष प्रचण्डले पार्टी अभियान र महाधिवेशनबारे बोलेका थिए । उनले भनेका छन्, ‘हामीले ८ महिनाभित्र ७७ जिल्ला र प्रवाससमेतको सम्मेलन सकिसक्नुपर्ने छ । एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अभियान खाली सम्मेलन सफल पार्ने र महाधिवेशन सफल पार्ने अवधि मात्र हुनेछैन । एउटा महान बहसको अवधि पनि हुने छ ।’

उनले थप भनेका थिए, ‘मार्क्सवादको विज्ञानलाई विकसित गर्ने भट्टीभित्र प्रवेश गर्ने महाबहस, महाविवाद जस्तो पनि त्यो हुनेछ र त्यसले मार्क्सवादलाई वैचारिक ढङ्गले समृद्ध गर्ने, विकसित गर्ने भट्टीको काम गर्नेछ । र, महाधिवेशनसम्म जाँदा हामीले जुन संश्लेषण गर्नेछौँ, त्यसले दशकौँसम्म नेपाली क्रान्तिलाई दिशानिर्देश गर्ने राजनीतिक दस्तावेज, राजनीतिक दिशा र त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सगरमाथाबाट संसारले देख्नेगरी नयाँ चिज दिने अवसर हुन सक्दछ ।’

महाधिवेशन बारे विधानमा के छ ?

नेकपाको अन्तरिम विधानमा नेकपाको महाधिवेशन दुई वर्षभित्र सम्पन्न गरिसक्ने समयसीमा तोकेको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने उल्लेख छ । नेकपाले आगामी महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’ को नाम दिएको छ ।

त्यस्तै, पार्टीको विधान, राजनीतिक प्रतिवेदन र आवश्यक अन्य दस्तावेजहरू पारित गर्ने, केन्द्रीय कमिटी, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन पनि महाधिवेशनबाट पारित विधानअनुसार हुने भएको छ ।

नेकपाको सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र नीति निर्माण तथा सबै तहका कमिटी र सदस्यको सञ्चालन जनवादी केन्द्रीयताको आधारमा हुने भनिएको छ । महाधिवेशन पार्टीको सर्वोच्च संस्थाका रूपमा किटान गरेको नेकपाले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्रीकृत नेतृत्व र विकेन्द्रित एवम् शृङ्खलाबद्ध कमिटी प्रणाली अवलम्बन गर्ने कुरा विधानमा उल्लेख छ ।

अभियान कस्तो हुनेछ ?

सङ्गठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरूलाई विकास र समृद्धिको यात्रामा सहभागी गराउने प्रचण्डको भनाइ छ ।

पार्टी एकताको एक वर्षको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा यसबारे प्रचण्डले भनेका छन्, ‘पार्टी एकताका बाँकी काम छिट्टै टुङ्ग्याउने र एउटा नयाँ अभियानका साथ देशव्यापी रूपमा अगाडि जाने हामी नेतृत्व तहमा प्रतिबद्धता छ । केही दिनभित्रै यी सबै काम टुङ्ग्याएर हामी अहिलेको देशको आवश्यकता, कम्युनिस्ट आन्दोलनको आवश्यकता र जनताको चाहना अनुसार तल जमिनमा गएर जनतासँग जोडिने, सङ्गठनलाई गतिशील र जीवन्त बनाउने एउटा नयाँ अभियानको थालनी हामीले गर्ने छौँ ।’

उनले थप भनेका छन्, ‘यो अभियानअन्तर्गत हामीले अधिवेशनहरूको प्रक्रियामार्फत जिल्ला अधिवेशहरू र केन्द्रीय महाधिवेशनसम्म गरेर पार्टीलाई सुदृढ, वैचारिक ढङ्गले अझ बढी स्पष्ट, सङ्गठनात्मक रूपले सुदृढ र जनतासँग गहिरोगरी जोडिएको सङ्गठनका रूपमा अगाडि बढाउने छौँ ।’

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि विशेष अभियान चलाउने उल्लेख छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘पार्टी एकताको सन्देश जनताको बीचमा सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति र योजनालाई सार्वजनिक रूपमा स्थापित गर्न माघ र फागुन महिनामा दुई महिने विशेष राजनीतिक अभियान सञ्चालन गरिनेछ ।’

तर अभियान र अधिवेशनबारे नेकपाका अर्का अध्यक्ष ओली भने अहिलेसम्म बोलेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here