बराबर समय सरकारको नेतृत्व गर्न ओली-प्रचण्डबीच भएको पाँच बुँदे सहमति

काठमाडौं । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच भएको भनिएको गोप्य पाँच बुँदे सहमति सार्वजनिक भएको छ।

सहमति पत्रको चौथो बुँदामा ुसमानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ। यसअघि नेताहरुले अप्रत्यक्ष रुपमा आलोपालोको चर्चा गरे पनि लिखित सहमतिको चर्चा भएको थिएन।

बुधबार बेलुका नेकपाका अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ‘ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’ भन्दै राजनीतिक वक्तव्य दिएका थिए। लगत्तै दिउँसो गोप्य भनिएको सहमति सार्वजनिक भएको हो।

पत्रकार शुभशंकर कँडेलको पुस्तक ‘नेकपाको एकताका ऐतिहासिक आधारहरु’ पुस्तकबाट सहमति सार्वजनिक भएको हो। कँडेलको पुस्तक केही समय अघि नै सार्वजनिक भए पनि लिखित सहमतिपत्र बाहिर चर्चामा आएको थिएन। कँडेलले आफ्नो पुस्तकमा सहमति पत्र दस्तावेजका रुपमा राखिएको सेतोपाटीलाई बताए।

सहमति पत्रमा नेकपा एकता घोषणा हुनु अघिल्लो दिन २०७५ जेठ २ गतेको मिति छ। सहमति पत्रमा नेकपाका हालका महासचिव विष्णु पौडेल र नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पनि हस्ताक्षर गरेका छन्।

सहमतिबारे नेकपाका महासचिव विष्णु पौडेललाई जिज्ञासा राख्दा उनले ‘कुनै टिप्पणी’ नगर्ने बताए। शर्माको फोन भने उनका सहयोगीले उठाए।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच केही दिन अघि बालुवाटारमा वार्ता भएको थियो । प्रचण्डले ऋषि धमलासँगको अन्तर्वार्तामा तीनरचार दिनअघि ओलीसँग छलफल भएको बताएका छन्।

‘केपीजीसँग मेरो खुलेर छलफल हुन्छ। तीनरचार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छु, प्रचण्डले भनेका छन्।

प्रचण्डले भरोसाको प्रसङ्ग उठाउनु र सहमति बाहिरिनुले दुई अध्यक्षबीच खटपटको आशंका उब्जिएको छ। हेर्नुहोस् सहमति पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार