यस्तो छ दयाहाङको ‘आप्पा’ ट्रेलर

काठमाडौं । अभिनेता भनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा बाबु छाराको सम्बन्ध देखाइएको छ । फिल्ममा दयाहाङ (बुबा) आप्पा बनेका छन् ।

रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । अनमोलको यो निर्देशनमा डेब्यु फिल्म हो ।

फिल्ममा दयाहाङको अलवा सिद्धान्त राज तामाङ, काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र डि। कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ नै उपस्थित थिइनन् । उनी एक फिल्मको छाँयांकनमा रहेकोले उनी उपस्थित हुन नसकेको निर्देशक गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार