
सल्यान । सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।
छत्रेश्वरी गाउँपालिका–६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेकी हुन् ।
हत्याको अभियोगमा मंगलबार बिहान प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ । उनले छोरी जानकीलाई कुटपिट गरी हत्या गरेको अस्थायी प्रहरी पोष्ट लान्तीले जनाएको छ ।
मृतकको पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइ रहेको प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
यसअघि मंगलबार बिहान आफ्नै २२ महिनाको छोरा सम्बोधन थापालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा भोजपुरमा एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
रामप्रसाद राई गाउँपालिका–८ बासिखोरा घर भई भोजपुर नगरपालिका–९ पानीट्याङ्की डेरा गरी बस्ने अन्दाजी २६ वर्षीया सम्झना थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सम्झना थापाले छोरालाई अचानोमा राखेर खुकुरी प्रहार गरी छोराको हत्या गरेको भोजपुर प्रहरीले जनाएको छ ।