‘सहकारीको सदुपयोगबाट गरिवी निवारण’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमि र सहकारीको सदुपयोग गर्दै मुलुकमा गरिवी निवारण गर्ने योजना अघि सार्नु भएको छ ।

मन्त्री अर्यालले भूमि र सहकारीको अधिकतम सदुपयोग गरेर गरिवी निवारण गर्न सरकारले नीतिगत सुधारको कामलाई तीव्रता दिइरहेको बताउनु भयो । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उहाँले भूमिको सदुपयोग गर्नका लागि जग्गा प्रशासनको सेवा प्रवाहलाई व्यवस्थित बनाउने चुनौति रहेको दोहोर्याउनु भयो ।

उहाँले मुलुकको समृद्धिको मुख्य आधार भूमि भएकाले त्यसको अधितम सदुपयोग गर्ने एजेन्डालाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

मन्त्री अर्यालले सगरमाथाको चुचुरोमा पुगेर उचाई मापन गर्न सफल हुनुभएका नापी विभागका कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो । सगरमाथाको उचाई मापन गर्न सफल नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार