विश्पकपअघि विराटको बोली : विवाह गरेर कप्तानी सुध्रियो

काठमाडौं । विश्वकप क्रिकेट अगाडि भारतीय टीमका कप्तान विराट कोहलीले एक खुलासा गरेका छन् ।

विराटले अनुष्का शर्मासँग भएपछि उनको खेलमा मात्र नभई उनको कप्तानीमा पनि सुधार आएको दाबी गरेका छन् ।

विश्वकप शुरु हुनुअघि आईसीसीको एक संवाद कार्यक्रममा उनले भने, ‘विवाहपछि जिम्मेवारी थपिने रहेछ, विवाहपछि जसले पनि कुनै पनि कुरालाई राम्रोसँग बुझ्न शुरु गर्छ, त्यसपछि हरेक कुरामाथि गहन ध्यान दिन थाल्छ ।’

अन्तर्वार्तामा विराट कोहलीले भने, ‘म अब पहिलेभन्दा धेरै जिम्मेवारी भएको छु, यो बाट मेरो कप्तानीमा बदलाव आएको छ, म सामान्य मान्छेको रुपमा मात्र नभएर खेलाडीको रुपमा पनि बदलिएको छु ।’

विराटले बलिउड नायिका अनुष्का शर्मासँग विवाह गरेका हुन् । उनीहरुको विवाह २०१७ डिसेम्बर ११ मा भएको थियो । विवाहको समयमा पनि उनीहरुको ब्यापक चर्चा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार