
काठमाडौं । आगामी आर्थिक वर्ष १ हजार वर्ष ७ मेगावाट बिजुली थपिने भएको छ । विभिन्न २४ सरकारी तथा निजी जलविद्युतका आयोजना निर्माणधिन रहेकोले आगामी वर्ष त्यसबाट उल्लेखित क्षमताको विद्युत बन्ने भएको हो ।
यी आयोजना निर्माणधिन रहेको र एक वर्षभित्रै सकिने गरी तयारी भइरहेको सोमबार सावैजनिक आर्थिक वर्ष २०७५, ०७६ सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक सर्वेक्षणका अनुसार आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको लोअर सोलु, ५७ मेगावाटको सान्जेन, ३६ मेगावाटको अपर बलेफी, नुवाकोटमा २५ मेगावाटको सौर्य उर्जासहितका आयोजना सम्पन्न भएर १ हजार ७ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा थप हुनेछ उल्लेख छ ।
निर्माणधिन आयोजना एक वर्षभित्रै पूरा भए अर्कोवर्ष नेपालमा २१ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ । हाल नेपालले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ हटाएको छ । आजको अन्नपूर्ण दैनिकले प्रकाशित गरेको छ ।