
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी गरौं र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान संचालन गरेको २ साता बढी भएको छ ।
अभियानको क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै गुट अन्त्यको कुरा उठे पनि मतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ ।
अभियानकै शुरुको दिन अर्थात् वैशाख २५ गते सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच आरोपप्रत्यारो भयो । त्यसपछि विवाद हुँदा सभापति र शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच हात हालाहालसम्म्को अवस्था आयो ।
घटनामा केन्द्रीय सदस्य मोहन निकट मानिने तरण दल क्षेत्र नम्बर १ का अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए । विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास गरे पनि असपल भयो र नेता तथा कार्यकर्ता कुटपिटमा उत्रिए । आजको नागरिक दैनिकमा समाचार छ ।