दोश्रो साता पनि दमदार व्यापार

काठमाडौं । जेठ ३ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले राम्रो फिल्म बनाए हलमा दर्शकको खडेरी लाग्दैन भन्ने एउटा गतिलो उदाहरण पेश गरेको छ ।

राम्रो फिल्म हेर्न पनि दर्शक हलसम्म नपुगिरहेको चर्चा फिल्मवृतमा चलिरहँदा यो फिल्मले भने अहिले बक्सअफिसमा लोभलाग्दो व्यापार गरिरहेको छ । फिल्मले आक्रामक व्यापारलाई दोस्रो हप्ता पनि निरन्तरता दिएको छ ।

पहिलो हप्ता फिल्मले घरेलु बजारमा ४ करोड छाप्न सफल भएको निर्माताबाट जानकारी प्राप्त छ । दोस्रो हप्ता पनि फिल्मको व्यापारमा गिरावट आएको छैन । कलेक्सन ग्राफ झन् उकालोलाग्दो छ ।

बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मको व्यापारमा कमी नआएको हो । पहिलो हप्ताकै संख्यामा मल्टीप्लेक्सहरुले दोस्रो हप्ता पनि सोज उपलब्ध गराउनुले फिल्मको व्यापार आक्रामक रहेको प्रस्ट्याउँछ ।

फिल्मले मल्टीप्लेक्समा गजबको व्यापार गरिरहेका छ । सिंगल पर्दामा भने ठिकठाक छ । नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले विना बिदाको दिन आइतवार पनि १९ सोज उपलब्ध गराएको छ ।

सोमवारलाई १७ सोज बाँडेको छ । क्यूएफएक्सले आफ्नो स्टेशनमा ‘जात्रै जात्रा’ लाई उपलब्ध गराएकोे कुनै सोजमा दर्शक अभाव भएका छैनन् । अधिकांश सोजमा दर्शक भरिभराउ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार