काठमाडौंमा कस्तो छ बन्दको प्रभाव ?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता मारिएको विरोधमा आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले सोमबारका लागि बन्द आह्वान गरेको थियो । काठमाडौँ उपत्यकामा बिहानैदेखि सार्वजनिक गाडी चलेका छन् । तर अघिल्ला दिनको तुलनामा केही कम भने देखिएका छन् । निजी सवारी साधान भने नियमित जस्तै चलेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आइतबार बेलुका बम बिस्फोट भएपछि सुरक्षा सतर्कता बढेको छ । विभिन्न ठाउँमा बम तथा शंकास्पद बस्तु भेटिने क्रम जारी छ । तर पनि काठमाडौँ उपत्यकामा बन्दको प्रभाव कम मात्रै परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार