
काठमाडौं । १० कक्षामा अध्ययनरत एक छात्राको अश्लिल फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
छात्राको तस्बिर भाइरल भएपछि उनका अभिभावकले प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । छात्रासँगै पढ्ने तीन युवकलाई शंकाको घेरामा राखेर पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार छात्राका आमाले सामाजिक सञ्जालमा आफ्नी छोरीको अश्लिल तस्बिर देखेपछि प्रहरी चौकी पुगेकी हुन् । यो घटना भारतको हो ।
एक युवतीले आफ्नो टाइमलाइनमा शेयर गरेको तस्बिर देखेपछि आमाले प्रहरीमा खबर गरेको जोगिन्द्रनगर प्रहरीले जानकारी दिएको छ ।
गुजरात प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको अमरउजाला दैनिकले समाचार छापेको छ ।