
काठमाडौं । पछिल्लो समय टिकटकमा चर्चित भएका केही अनुहारहरु म्युजिक भिडियोमा देखिन थालेका छन् ।
टिकटकमा मात्र नभएर उनीहरुले अभिनय गरेका गीतहरुलाई पनि दर्शकहरुले राम्रै माया दिइरहेका छन् । यसै क्रमलाई निरन्तरता दिँदै टिकटक प्रयोगकर्ताहरुमाझ चर्चित शिक्षा संग्रौला अब म्युजिक भिडियोमा देखिएकी छन् ।
मधुसुदन पाठक (सितेबा)को लगानीमा निर्माण भएको म्युजिक भिडियो एकदमै दमदार बनेको छ । भिडियोमा शिक्षाकाे साथमा ‘भद्रगोल’का कलाकारहरु सागर लम्साल ‘बले’, हरिस निरौला ‘कक्रोज’, कमलमणी नेपाल ‘खुपीका बाउ’ र स्वयम् सितेबाकै अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।
गीतमा डिपी खनालको शब्द तथा बिजयता अधिकारी र शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत छ । गीतमा विश्व अधिकारीको एरेञ्जमेन्ट छ । हेरौँ भिडियोः